कला


जेन्जी सहिद र विपिन जोशीबारे रुचाल र आचार्यको मार्मिक गीतः अब फर्केर आउँदिन म

जेन्जी सहिद र विपिन जोशीबारे रुचाल र आचार्यको मार्मिक गीतः अब फर्केर आउँदिन म

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १२:४३, काठमाडौँ

पत्रकारद्वय राजन रुचाल र अविनास आचार्यले जेन्जी आन्दोलनमा सहिद भएकाहरू तथा इजरायलमा मारिएका विद्यार्थी विपिन जोशीलाई समर्पित गर्दै गीत सार्वजनिक गरेका छन्।

देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न माग गर्दै भदौ २३ र २४ गते जेन्जी युवाहरूको अगुवाइमा देशभरि भएको प्रर्दशनमा ७५ जनाभन्दा बढिको मृत्यु भएको थियो।

यस्तै, इजरायलमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थी जोशी प्यालेस्टाइन र इजरायलको द्वन्द्व मारिए। उनको आज मात्रै आफ्नै जन्मस्थान कन्चनपुरमा अन्त्यष्टि गरियो।

देश बनाउन आन्दोलनमा होमिएर बलिदान दिने युवा र अध्ययन र कामका लागि विदेशी भूमि पुगेका युवाको दुःखद् निधनमा गीत केन्द्रित छ।

यो गीतमा अविनास आचार्यको स्वर छ भने शब्द तथा लय राजन रुचालको छ। गीतको एरेन्ज विष्णु तामाङ गरेका छन्। घरमा नभनि आन्दोलनमा हिडेका युवाहरू अचानक गोली लागेर ढलेपछि आन्दोलन स्थलबाटै निस्किएको चित्कार गीतमा समेटिएको छ।

देशप्रेम बोकेर शान्तीपूर्ण आन्दोलनमा होमिएका कलिला युवाहरुको मरणले रुमल्लिरहेका समयमा उनीहरुको सम्मानमा गीत निकालेको रुचालले बताए।

परिवर्तनको माग गर्दै घटेको यो घटना र युवाहरूको बलिदानीलाइ सधैँ सम्झना दिलाइरहन र सत्तामा बसेकालाई झकझकाउन यो गीत सार्वजनिक गरिएको गायक आचार्यको भनाइ छ।

यस्तो छ गीत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad