असोज ३१ गतेबाट रिलिज हुने फिल्म ‘जेरी अन टप’ को ट्रेलरलाई युट्युबमा रूचाइएको छ। शुक्रबार दिउँसो युट्युबमा सार्वजनिक ट्रेलरलाई ४ लाख ३८ हजार पटक हेरिएको छ।
सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको थियो। ट्रेलर युट्युबको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ। सँगसँगै दर्जनबढि देशमा यो ट्रेलर उत्कृष्ट १० ट्रेण्डिङभित्र छ।
अनन्या फिल्मस् को ब्यानरमा बनेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे 'माग्नेबुढा', सुरक्षा पन्त, उषा खड्गीको अभिनय छ।
45
Shares

प्रतिक्रिया