कला


पाकिस्तानकी गायिका बलोचलाई बसेकै ठाउँमा भालुले आक्रमण गर्‍यो

पाकिस्तानकी गायिका बलोचलाई बसेकै ठाउँमा भालुले आक्रमण गर्‍यो

नेपालखबर
भदौ २१, २०८२ शनिबार १०:१९, काठमाडौँ

पाकिस्तानकी प्रसिद्ध गायिका कुर्रातुलाइन बलोच भालुको आक्रमणमा घाइते भएकी छन्।

बिहीबार राति, उनी गिलगिट-बाल्टिस्तानको प्रसिद्ध देओसाई राष्ट्रिय निकुञ्जमा आफ्नो टोलीसँग क्याम्पिङ गरिरहेकी थिइन्।

उनी आफ्नो पालमा थिइन्, अचानक एउटा ठूलो हिमालयन खैरो भालु उनको पालमा पस्यो।

जब उनी ठूलो स्वरमा चिच्याइन्, उनका कर्मचारी, वन्यजन्तु अधिकारीहरू र केही होटल कर्मचारी तुरुन्तै त्यहाँ पुगे।

त्यहाँ उपस्थित एक वन्यजन्तु अधिकारी र गिलगिट-बाल्टिस्तान सरकारले बीबीसी उर्दुलाई बताएअनुसार गायिकाको हातमा चोट लागेका छन्। 

वन्यजन्तु अधिकारीका अनुसार, भालु आक्रमण गरेपछि तुरुन्तै भाग्यो।

घटनास्थलमा पुगेका एक अधिकारीले भने, ‘कुर्रातुलाइन धेरै साहसी छिन् र भालु देखेपछि उनी बेहोस भइनन्।’

उनले थपे, ‘यो २०० किलोग्रामभन्दा बढी तौलको भोको भालु थियो। यदि उनी बेहोस भएकी भए अवस्था अझ खराब हुन सक्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad