फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। यो फिल्म आगामी कात्तिक ७ गतेबाट रिलिज हुनेछ।
दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ।
यो फिल्म विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको हो। यस फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। मित्र डी गुरुङको सम्पादन राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन्।
फिल्मको छायांकन सौरभ लामाले गरेका छन्। वितरण अधिकार आरआर फिल्मले लिएको छ भने डिजिटल स्ट्रिमिङ अधिकार ओएसआरले खरिद गरेको छ। यस फिल्ममार्फत कलाकार विल्सन विक्रम राई पहिलो पटक लेखन तथा निर्देशनमा उत्रिँदैछन्।
66
Shares

प्रतिक्रिया