नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ६.३१५८ प्रतिशत लाभांश बाँड्ने तयारी गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८ सय रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो।
आर्थिक वर्ष २०८१÷०८२ को सञ्चित मुनाफामध्ये वितरयोग्य मुनाफाबाट चुक्ता पुँजी २१ अर्ब ६० करोडको उक्त दरले हुने रकम बाँड्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय समितिले गरेको हो।
राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभा बैठकले पारित गरेपछि सेयरधनीले उक्त रकम पाउनेछन्।
33
Shares

प्रतिक्रिया