भदौ २७ गतेबाट रिलिज हुने ‘अभिमन्यु : च्याप्टर-१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ। टाइटल ट्रयाकमा र्यापर भियोमाको शब्द, संगीत र स्वर सुन्न सकिन्छ।
कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको थथार्थ समेटिएको र्यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै केसको वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ। यही कथा टाइटल ट्रयाकमा छ।
यस चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ। हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ। यस फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। विनोद पौडेल र गुञ्जन गिरी रहेको फिल्ममा मुकेश खनालको लेखन रहेको छ।
63
Shares

प्रतिक्रिया