कला


‘आ बाट आमा’ को चितवनबाट सुरु गरियो छायांकन

‘आ बाट आमा’ को चितवनबाट सुरु गरियो छायांकन

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १६:३, काठमाडौँ

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘आ बाट आमा’ को शुभ मुहूर्त गरिएको छ। बिहीबार तनहुँको गलेश्वर मन्दिरमा विधिवत् करिब २ सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरी फिल्मको मुहूर्त गरेका थिए।

मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट,सिम्रन पन्त, माओत्से गुरुङ लगायतको उपस्थिति थियो।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन हिजोदेखिनै चितवनबाट सुरु गरिएको छ। निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन सेड्युल करिब एक महिनाको रहेको जानकारी दिए। उनका अनुसार चितवन, काठमाडौं र भारतको हैदरावादमा फिल्म खिचिनेछ।

फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन्। ‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षको भनाइ छ।

फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। छायांकन निर्देशन नवराज उप्रेतीले सम्हाल्ने छन्। 

यो फिल्म २०८२ फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। निर्माण पक्षका अनुसार फिल्मको विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ। ती देशका लागि वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ भने नेपालमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad