कला


‘आचार्य’ को छायांकन गर्न भारततर्फ लागे निखिल उप्रेती

‘आचार्य’ को छायांकन गर्न भारततर्फ लागे निखिल उप्रेती

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १४:२९, काठमाडौँ

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो फिल्म ‘आचार्य’ छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगालतिर लागेको हो। 

सार्वजनिक तस्विरमा निखिलसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका छन्।

यहि भदौ ६ गते ( अगस्ट २२) शुक्रबारबाट फिल्मको छायांकन भारतको प्रसिद्ध ठाउँ ‘डुअर्स’ बाट सुरू हुनेछ ।

डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ, सोहि सेड्यूअलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा फिल्मको छायांकन हुनेछ। निखिलले भने, ‘दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड र तेस्रो चरणमा यो फिल्मलाई नेपालमा खिचिनेछ। ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखेका छौं’

यस फिल्ममा निखिल नै मुख्य भूमिकामा देखिछन्। अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केहि चर्चित कलाकारहरूको समेत अभिनय रहने चर्चा छ। यो विषयमा प्रश्न गर्दा निखिलले ‘आचार्य’ सँग जोडिएका केहि सरप्राइज बाँकी रहेको र समयक्रममा सबै कुरा बाहिर आउँदै जाने बताए ।

निखिलले 'आचार्य'लाई विश्वस्तरीय एक्सन फिल्म बताएका छन्।  यहि फिल्मबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यू गर्नेछिन्। नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ ।

यसअघि २०१५ मा रिलिज भएको फिल्म 'भैरव'बाट निर्देशकीय यात्रा सुरू गरेका निखिलको निर्देशनमा बन्ने यो दोस्रो फिल्म हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad