राजनीति


सत्तापक्षको बैठकमा पुगिन् रञ्जिता

सत्तापक्षको बैठकमा पुगिन् रञ्जिता

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १३:४८, काठमाडौँ

सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन्। कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा श्रेष्ठ पनि पुगेकी हुन्। 

सत्तारुढ दल नेपाली कांग्रेस-नेकपा एमाले उपसभामुख इन्दिरा रानाविरुद्ध पदीय आचरणमा प्रश्न उठाउँदै पदबाट हटाउने तयारी गरिरहेका छन्। यसै विषयमा छलफल गर्न डाकिएको सत्ता गठबन्धन दलको बैठकमा उनी पनि पुगेकी हुन्।

कांग्रेस र एमालेले अहिले खाली पेजमा आफ्ना सांसदको हस्ताक्षर संकलन गरिरहेका छन्। बैठकमा कांग्रेस, एमाले, जसपा, जनमत र लोसपाका नेताहरूलाई पनि बोलाइएको छ।    
 
सरकारलाई दिएको समर्थन हालैमात्र फिर्ता लिएको दल नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ आजको बैठकमा सहभागी हुन गएपछि चासोका साथ हेरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad