कला


बक्सअफिसमा ऋतिक र जुनियर एनटीआरको ‘वार २’ माथि रजनीकान्तको ‘कुली’ भारी

बक्सअफिसमा ऋतिक र जुनियर एनटीआरको ‘वार २’ माथि  रजनीकान्तको ‘कुली’  भारी

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १३:३, काठमाडौँ

सन् २०२५ मा रिलिज भएका भारतीय फिल्महरूले बक्स अफिस व्यापारको हिसाबले नयाँ नयाँ रेकर्ड बनाइरहेका छन्। ‘सैयारा’ ब्लकबस्टर हुँदा हिजोदेखि दुई बहुप्रतिक्षित फिल्म ‘वार २’ र ‘कुली’ रिलिज भए।

यी दुबै फिल्मले पनि बक्सअफिसमा आक्रामक ओपनिङ गरेका छन्। ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत ‘वार २’ ले घरेलु बक्सअफिसमा ५२.५ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको छ। योसँगै ‘वार २’ यस वर्षको सबैभन्दा धेरै कमाउने बलिउड ओपनर बनेको छ।

पहिलो दिन यस फिल्मले हिन्दी भाषामा २९ करोड भारु कमाएको हो। त्यस्तै, तमिलतर्फ २५ लाख र तेलुगुसंस्करणमा ३३.२५ करोड भारुको व्यापार गरेको हो। यस फिल्मले २०२३ को शाहरूख खानको ब्लकबस्टर फिल्म ‘पठान’ लाई पहिलो दिनमा पछि पार्यो।

यस फिल्ममा ऋतिक रोशन र जुनियर एनटीआरसहित कियारा आडवाणी मुख्य भूमिकामा छन्।

यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर ‘वार २’ को सिक्वेल छ। अयान मुखर्जीको निर्देशित यस फिल्मबाट जुनियर एनटीआरले हिन्दी फिल्म उद्योगमा डेब्यु गरेका हुन्।

त्यस्तै, रजनीकान्तको तमिल फिल्म ‘कुली’ ले व्यापारमा ‘वार २’ लाई समेत पछि पारेको छ। यस फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा ६५ करोड भारुको व्यापार गरेको छ। लोकेश कनगराज निर्देशित यस फिल्ममा रजनीकान्तसहित आमिर खान मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad