कला


भरत थापा भ्रष्टाचारी ठहर भएपछि बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा

भरत थापा भ्रष्टाचारी ठहर भएपछि बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा

नेपालखबर
साउन २२, २०८२ बिहिबार १२:५७, काठमाडौँ

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएपछि उनको बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा परेको छ। 

निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको हो।

थापा भ्रष्टाचारी ठहर भएसँगै उनकै जीवन संघर्षलाई आधार मानेर तयार पारिएको फिल्म ‘मेयर’ अलपत्र परेको हो।

उक्त फिल्मको छायांकन केही महिनाअघि मात्र सकिएको छ। 

खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको फिल्म निर्देशक दीपेन्द्र के खनालले निर्माण गरेका हुन्। 

बायोपिक पात्र दोषी ठहरपछि  पोस्ट प्रोडक्सनको चरणमा रहेको  फिल्मको रिलिज अन्योलमा परेको हो। 

यस विषयमा फिल्मको निर्माण पक्षले अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

दीपेन्द्र भने अहिले अर्को बायोपिक फिल्म ‘क्याप्टेन साब’को सुटिङमा व्यस्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad