कला


प्रयासको ‘प्राञ्जल’ सार्वजनिक

प्रयासको ‘प्राञ्जल’ सार्वजनिक

नेपालखबर
असार २२, २०७६ आइतबार १०:५०,

प्रयास दुमी राईको उपन्यास ‘प्राञ्जल’ सार्वजनिक भएको छ।

लेखिका प्रगति राई, कवि स्वप्निल स्मति र युवा अध्येता प्रभात राईले पुस्तकको विमोचन गरे।

कार्यक्रममा प्रगति राईले युवाहरुलाई साहित्यमा आकर्षित गराउने उद्धेश्य राखेर मूलबाटो प्रतिष्ठानले विमोचन कार्यक्रम आयोजना गरेको बताइन्।

कवि स्वप्निल स्मृतिले विश्वका महान् व्यक्तिहरुले युवावस्थामा आविष्कार र सिद्धान्तहरु प्रतिपादन गरेको र प्रयास दुमी राईको पनि साहित्यमा त्यस्तो सम्भावना रहेको बताए। युवा वक्ता प्रभात राईले आख्यानमा प्रयासको कवितात्मक शैलीको खुलेर तारिफ गरे।

उपन्यास बुलबुल प्रकाशनले बजारमा ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad