अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने १६ व्यक्तिलाई ‘इनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ। अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान दिनेलाई सम्मान प्रदान गरिएको हो।
फिल्ममार्फत मानवअधिकार र संस्कृति प्रवर्धनमा योगदान दिने पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आश्रा कुँवर, प्रतिभावान दृष्टिविहिन सुजन ढकाल, संस्कृति प्रवर्धनमा सक्रिय संस्था ‘नेपाल पासा पुचः अमेरिकाय’लाई ईनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरियो।
गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, स्वयमसेवकको रुपमा सक्रिय रुबी पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवर्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम र फिल्म अभिनेत्री दिब्या रायमाझीलाई ईनास अमेरिका राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो।
इनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षता र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय राज्य निकायका तर्फबाट सिनेटर, डेलिगेट्स, बिभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए। कार्यक्रममा फिल्म ‘तेल भिसा’ र वेब–सिरिज ‘घर बट इन अमेरिका’को टिमलाई सम्मान प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया