नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफ्नै किसिमको महत्व रहँदै आएको छ। गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ‘ए कान्छा’ गीतको भिडियो युट्युवमा सार्वजनिक भए सँगै चर्चाको शिखरमा रहेको छ।
मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन्। मायालु प्रेमी प्रेमीकाको जीवन भोगाइलाई गीतमा समेटिएको छ । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ।
धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जीवन भोगाइलाई गीतमा समेटिएको छ। बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशकको रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन्।
उनले आफूमा भएको प्रतिभालाई ‘ए कान्छा’ गीत मार्फत ब्यक्त गरेको बताइन्। प्रतिक बहादुर श्रेष्ठको छायाँकन, दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ। ‘ए कान्छा’ गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ।

प्रतिक्रिया