कला


मध्यपूर्वका देशमा एकसाथ ‘जार’

मध्यपूर्वका देशमा एकसाथ ‘जार’

नेपालखबर
जेठ १, २०८२ बिहिबार १७:४७, काठमाडौँ

गत शुक्रबारबाट नेपाल र भारतमा प्रदर्शनमा आएको चलचित्र ‘जार’ ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट रिलिज भएको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सले यूएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शन सुरु गरेको हो। 

निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा चलचित्र प्रदर्शनमा आएको बताए। यस्तै कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा एकसाथ प्रदर्शनीमा आएको हो।

शुक्रबारबाट यो चलचित्र यूएसए, यूके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा चलचित्रको प्रदर्शनी तय भएको निर्देशक लामाले जानकारी दिए। 

‘नेपाल र भारतमा हाम्रो चलचित्र हेर्ने जति पनि दर्शक हुनुहुन्छ उहाँहरूले र चलचित्र समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ। डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ,’ उनले भने। 

यस फिल्मले नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथाबारे भन्छ।

यस फिल्ममा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिकामा छिन्। 

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ। ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ। सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ। ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad