चर्चित लोकगायक प्रकाश दुतराजले सिनेक्षेत्रमा डेब्यु गरेका छन्।
फिल्म ‘आहुति’मार्फत दुतराजले अभिनयमा डेब्यु गरेका हुन्।
उक्त फिल्म यतिबेला पाँचथरमा छायांकन भइरहेको छ।
फिल्ममा प्रकाशको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन्।
त्यस्तै फिल्ममा ‘होस्टेल ३’ बाट डेब्यु गरेका रिहान गिरी पनि मुख्य भूमिकामा देखिँदै छन्।
फिल्म भवानी संग्रौलाले निर्माण तथा निर्देशन गरेका हुन्।
फिल्ममा अभिनयसहित दुतराजको गीत पनि समावेश हुनेछ।
छोटो समयमै फरक पहिचान बनाएका गायक दुतराज प्राय: आफैँ सिर्जना र संगीतमा गीत गाउँछन्।
केही दिनअघि राम साइँली गीत ल्याएका प्रकाशका घर कता हो बैनीको, जाम भो माइली, रेशम, रिमैलगायत गीतहरु चर्चित छन्।
351
Shares

प्रतिक्रिया