राजनीति


शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउछु भन्नु दिवा सपना जस्तै हो : सांसद शाही

शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउछु भन्नु दिवा सपना जस्तै हो : सांसद शाही

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १२:३९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनाताका छोराछोरीहरुले पढ्न नपाएको उनको भनाइ छ। 

पटक-पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै उनले यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरे। ‘सरकारी विद्यालय पढ्ने भनेको गरिबका छोराछोरीले हो,’ शाहीले भने, ‘आज गरिबका छोराछारी शिक्षाबाट वञ्चित भएका छन्। आन्दोलन, युद्ध र विद्यार्थी संगठनका नाममा विद्यालय बन्द गर्ने परम्पराले गरिबका छोराछारी पढ्न पाएका छैनन्।  धनिका छोराछोरीहरु महंगो स्कुलमा आरामसँग अहिले पनि पढिरहेका छन्।’

उनले थपे, ‘हाम्रो शिक्षा नीतिले देशलाई राम्रोसँग अगाडि बढाएन। पटकपटक व्यवस्था फेरिए, सरकार फेरियो, तर जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले देश चलाउछ भन्नु पनि अब दिवासपना जस्तो भएको छ। त्यसकारण सरकारले यो समस्याको हल गरोस्। पार्टीका शिक्षकहरु, विद्यार्थीहरु, चिकित्सकहरुका भातृ संगठनहरू खारेज नै गर्नुपर्छ।’

सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad