कला


आमिरका साथमा प्रेमिकासँगै छोरा पनि

आमिरका साथमा प्रेमिकासँगै छोरा पनि

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार २१:२३, काठमाडौँ

बलिउड अभिनेता आमिर खान प्रेमिका गौरी स्प्राट र आफ्ना छोरा जुनैदसँग एकसाथ देखिएका छन्। 

साथै उनीहरूसँगै तस्बिरमा भारतीय क्रिकेटर शिखर धवन र उनकी प्रेमिका सोफी शाइन पनि देखिएका छन्। 

यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ।

सोफी शाइनले अप्रिल १८ मा आफ्नो इन्स्टाग्राम स्टोरीमा प्रेमी शिखर धवनसँगको तस्बिर पोस्ट गरिन्। जसमा आमिर खान, उनका प्रेमिका गौरी स्प्राट र छोरा जुनैद खान पनि छन्। 

केही दिन अघिमात्र आमिर खान र उनकी प्रेमिका गौरी स्प्राट पहिलोपटक सार्वजनिक रूपमा देखिएका थिए। उनीहरू चीनमा आयोजित मकाउ अन्तर्राष्ट्रिय कमेडी फिल्म फेस्टिभलमा सँगै पुगेका थिए। यस क्रममा आमिरले आफ्नी प्रेमिकाको हात समातेका देखिए।

आमिरले आफ्नी प्रेमिका गौरीलाई पहिलोपटक आफ्नो ६०औँ जन्मदिनको अघिल्लो दिन अर्थात् यही २०२५ मार्च १३ तारिखमा सार्वजनिक गरेका थिए। त्यसयता उनी प्रेमिका गौरीसँग खुला रूपमा सँगै देखिन थालेका हुन्।

को हुन् आमिरकी प्रेमिका गौरी स्प्राट?

बैंगलोरकी गौरी स्प्राट आमिर खानको प्रोडक्सनमा काम गर्छिन् र हेयरड्रेसिङ व्यवसाय पनि गर्छिन्। उनी र आमिर २५ वर्षदेखि एकअर्कालाई चिन्छन्।

तर डेढ वर्षअघि आमिरका काकाले भेट गराइदिएपछि उनीहरू एकअर्कासँग नजिकिए। गौरी स्प्राटको पहिलो विवाहबाट ६ वर्षका छोरा पनि छन्।

उता आमिरले पनि यसअघि दुईपटक बिहे गरिसकेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन्। 

रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन्। तर आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad