कला


सकियो खगेन्द्र र वर्षा अभिनीत फिल्म ‘हर्ष’को छायांकन

सकियो खगेन्द्र र वर्षा अभिनीत फिल्म ‘हर्ष’को छायांकन

नेपालखबर
चैत २४, २०८१ आइतबार १२:१७, काठमाडौँ

खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’को छायांकन सकिएको छ। डेब्यु निर्देशक एकता पौडेलले सम्पुर्ण सुटिङ ३५ औं दिनमा प्याकअप भएको बताइन्। 

निर्देशक पौडेल सिनेमाको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको हो। फिल्ममा ५ गीत समावेश गरिएको र ती सवै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफु र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन्। 

हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन्। सिनेमाको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम सकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ।

यस फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय छ।

डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्। आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यससहित उनले केही छोटा सिनेमाहरु बनाएकी छन्।

पारिवारिक सामाजिक कथा पस्किने सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। 

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad