राजनीति


शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारलाई नेता कोइरालाको आग्रह

शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारलाई नेता कोइरालाको आग्रह

नेपालखबर
चैत २४, २०८१ आइतबार १२:२०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विभिन्न माग राखेर सडकमा उत्रिएका शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।  

सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारको ध्यानाकर्षण गराउँदै शिक्षकहरूलाई काममा फर्किने वातावरण बनाउन भनेका हुन्। 

‘सरकार र महासंघ (नेपाल शिक्षक महासंघ) बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा. कोइरालाले भनेका छन्।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि आन्दोलनमा छन्। यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ पनि भनेका छन्।

उनीहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणासमेत गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad