कला


फेक आईडीले रचना हैरान

फेक आईडीले रचना हैरान

नेपालखबर
चैत २१, २०८१ बिहिबार १९:३७, काठमाडौँ

गायिका रचना रिमाललाई नक्कली फेसबुक अकाउन्टले हैरानी दिएको छ। आफ्नो नामबाट फेक आइडी बनाएपछि रचनाले आधिकारिक फेसबुकमार्फत आफ्ना फ्यानलाई विश्वास नगर्न आग्रह गरेकी छिन्।

फेक फेसबुक एकाउन्टको लिंक पनि सेयर गर्दै यसविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएकी छिन्। साथै उनले गलत कार्य नगर्न र नगराउन आग्रहसहित फेक अकाउन्ड बन्द गर्न आग्रह गरेकी छिन्।

‘तलको फेसबुक पेज मेरो आधिकारिक फेसबुक अकाउन्ट पेज होइन। मैले पहिलेबाट नै उहाँ जो हुनुहुन्छ, म्यासेजमार्फत यस्तो गतिविधि नगर्न आग्रह गरिरहेकी छु तर त्यसलाई बेवास्ता गर्दै निरन्तर संचालन गरिरहनुभएको छ,’उनी लेख्छिन्, ‘कृपया यस्तो गलत काम नगर्न नगराउनुहुन दुई हात जोडेर विनम्र आग्रह गर्दछु । मेरो आधिकारिक पेज होला भनेर कोहिपनि नझुक्किनुहोला बरु रिपोर्ट गरेर साथ दिनुहोला। यस्तो गलत कार्यको कानून उपचार खोज्नेछु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad