राजनीति


गुरागाईंलाई समर्थन गर्दै बालेनविरुद्ध उत्रिए दुई कर्मचारी संगठन

गुरागाईंलाई समर्थन गर्दै बालेनविरुद्ध उत्रिए दुई कर्मचारी संगठन

नेपालखबर
चैत २१, २०८१ बिहिबार १९:४५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सहजरुपमा काम गर्ने वातावरण बनाउन दुई कर्मचारी संगठनले आग्रह गरेका छन्। 

बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद र स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बरालले विज्ञप्ति जारी गर्दै गुरागाईंलाई काम गर्ने वातावरण बनाउन महानगरलाई आग्रह गरेका हुन्।  

आज बिहीबार १०४ दिनपछि महानगरमा हाजिर गर्न गएका गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह(बालेन)पक्षले अवरोध गरेको थियो भने उपमेयर सुनिता डंगोलसहितले कार्यालय प्रवेश गराएको थियो। त्यतिबेला मेयर बालेन कार्यालयमा थिएनन्। त्यसपछि उनी कार्यकक्षको ढोका फुटाएर गएर हाजिर गरेका थिए। 

यसै विषयमा दुवै कर्मचारी संगठनले गहिरो ध्यानाकर्षण भएको जनाएका छन्। 

'विगत तीन महिनादेखि प्रशासनिक नेतृत्व विहीन हुँदा समग्र काठमाडौं महानगरपलिकाको प्रशासनिक संयन्त्र अस्त व्यस्त बनेको छ,' उनले भने, 'महानगरपालिका कोषबाट पारिश्रमिक लिने शिक्षक, सफाई मजदुर लगायत सम्पूर्ण कर्मचारीहरुले महिनौं देखि पारिश्रमिक नपाउँदा झन्डै ५००० पेशाकर्मीहरुको दैनिकी चल्न सकिरहेको छैन, ती र तिनका बालवालिकाहरुको वार्षिक परिक्षाको शुल्क बुझाउन नपाउंदा आम बालबालिकाहरुको भविष्यनैं अन्योल हुने अवस्था सृजना भएको छ भने महानगरको विकास निर्माण लगायतका कार्यहरु ठप्प छन्।'

उनीहरूले आज नगरप्रहरीको अवरोध दुखद् भएको पनि भनेका छन्। 'महानगरपालिका नगरकार्यपालिकाको कार्यालयमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन कार्यालयकमा उपस्थित हुने क्रममा नगरप्रहरी बाट भएको अवरोध अध्यन्तै दुःखद छ,' उनीहरूले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad