कला


निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक

निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक

नेपालखबर
चैत १, २०८१ शुक्रबार ८:४, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणको पोस्टरसहित नाटक सूची सार्वजनिक भएको छ। आयोजक मण्डला थिएटरले एक विज्ञप्ति निकाल्दै मञ्चन हुने नाटकको सूची सार्वजनिक गरेको हो।

विज्ञप्तिअनुसार,  चैत ६ देखि सुरू हुने निटफेस्ट १२ देशका १७ नाटक मञ्चन हुनेछन्। महोत्सव संयोजक केदार श्रेष्ठका अनुसार, महोत्सवमा पठाइएका संसारभरका १ सय १५ नाटक आवेदनमा परेका थिए। तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको हो। 

त्यसबाहेक आयोजक संस्था मण्डला थिएटरबाट १, तीन सहरका स्थानीय आयोजकका ३ र चौतारी नाटक १ गरी जम्मा १७ नाटक छानिएको श्रेष्ठले जानकारी दिए।

नेपालबाट ‘झोडा’ र  ‘सामा चाको सामा चाको अहिवा हे’  छनोटमा परेका नाटक हुन्। जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र  ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ लगायत नाटक मञ्चन हुने छन्।

मण्डला थिएटर, थापागाउँमा चल्ने महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ रहेको छ। निटफेस्टको सामाजिक सञ्जालबाट सार्वजनिक पोस्टरमा यही नाराको भाव समेटिएको महोत्सव संयोजक श्रेष्ठले बताए।  

पोस्टरमा स्थानीय सिप, कला, संस्कृति, पहिचानको संरक्षण र निरन्तरतालाई सुनिश्चित बनाउने प्रतिबद्धता झल्केको छ। यसअघि निटफेस्टको दोस्रो संस्करण ‘विविधताको उत्सव’ भन्ने अवधारणामा सम्पन्न भएको थियो।

 यस पटक ४ सहरमा हुने निटफेस्ट काठमाडौंस्थित मण्डला थिएटर सँगसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ। महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने छन्।

स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना गरिने निटफेस्टमा कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायतका गतिविधि समेटिएका छन्। महोत्सवमा विभिन्न विषयमा छलफल तथा अन्तक्र्रिया हुनेछ जसको अन्तिम जानकारी केही दिनमा सार्वजनिक गरिने आयोजकको तयारी छ।

चलचित्र अभिनेता तथा रङ्गकर्मीका रुपमा सक्रिय अभिनेता दयाहाङ राई निटफेस्ट २०२५ का निर्देशक हुन्। निटफेस्ट चैत १२ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad