पछिल्लो समयको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युव म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको छ। सोमबार दिउँसोसम्म दुर्गेश थापाको यो गीत ट्रेन्डिङको ६७ औँ स्थानमा छ।
दुई महिनाअघि सार्वजनिक यस गीतलाई युट्युबमा ३ करोड ३५ लाख बढी पटक हेरिएको छ। यो गीत पछिल्लो २८ दिनमा युट्युब चार्टमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ।
यो गीत यतिखेर टिकटकदेखि रिल्समा भाइरल छ। जसका कारण यस गीतले गायक थापाको व्यस्तता मेलामहोत्सवमा निकै बढेको छ।
यस गीतमा दुर्गेश थापाको शब्द र संगीत रहेको छ। साथै गीतमा दुर्गेशसहित आनन्द कार्की, समीक्षा अधिकारी, एलिना चौहानको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठ फिचर्ड छन्।
57
Shares

प्रतिक्रिया