कला


१२ करोडको सुनसहित अभिनेत्री रान्या राव पक्राउ

१२ करोडको सुनसहित अभिनेत्री रान्या राव पक्राउ

फाइल तस्बिर: अभिनेत्री रान्या राव


नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:७, काठमाडौँ

कन्नड र तमिल फिल्म अभिनेत्री रान्या रावलाई दुबईबाट फर्कने क्रममा १४.८ किलो सुनसहित राजस्व गुप्तचर विभाग( डीआरआई) ले पक्राउ गरेको छ।

बीबीसी हिन्दीका अनुसार यो सुनको मूल्य लगभग १२ करोड रुपैयाँ रहेको बताइएको छ।

अभिनेत्री रान्या राव कर्नाटकको प्रहरी महानिदेशकका रूपमा कार्यरत एक आईपीएस अधिकारीकी छोरी हुन्।

रान्या राव मंगलबार सुन लिएर बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

राजस्व गुप्तचर विभागले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको शरीरमा सुनका बारहरू चलाखीपूर्वक लुकाइएको थियो।’ 

विभागका अनुसार सुनका बारहरू उनको शरीरमा बाँधिएको विशेष बेल्टमा लुकाइएको थियो। योसँगै उनको साथबाट ८०० ग्राम सुनका गहना पनि बरामद भएको छ।

विमानस्थलमा पक्राउ गरेपछि डीआरआईका अधिकारीहरूले उनको घरको खानतलासी गरे। त्यस क्रममा घरबाट २.०६ करोड रुपैयाँको सुनका गहना र २.६७ करोड रुपैयाँ नगद जफत गरिएको छ।

डीआरआईले भन्यो, ‘महिला यात्रुलाई भन्सार ऐन, १९६२ अन्तर्गत पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको छ।’

३२ वर्षीया अभिनेत्री रान्या राव लगभग १० वर्षअघि कन्नड फिल्म 'माणिक्य' मा प्रसिद्ध कन्नड अभिनेता सुदीपसँग देखिएकी थिइन्। रान्याले यस फिल्मबाट आफ्नो पहिचान बनाएकी थिइन्।

दुई वर्षपछि उनले तमिल फिल्म 'वागह'मा विक्रम प्रभुको अपोजिटमा अभिनय गरिन्। २०१७ मा उनले कन्नड फिल्म 'पत्की'मा प्रसिद्ध अभिनेता गणेशको अपोजिटमा  खेलेकी थिइन्।

पछिल्ला केही वर्षदेखि भने उनी फिल्ममा सक्रिय थिइनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad