नेकपा एमालेकी सचेतक सुनिता वरालले सरकारले निर्णयार्थ पेस गर्न लागेको अध्यादेशमा सबै दलको समर्थन मागेकी छन्।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले अध्यादेशलाई सबैको साझा बनाउन सबैको साथ आवश्यक रहेको बताइन।
‘हिजो हामीले सुन्दर इतिहास सुन्दै आएको यो थलोमा आज एउटा इतिहास लेख्ने अवसर पाएका छौँ,’ उनले भनिन, ‘यो अवसरमा सबै दल र माननीय ज्यूलाई यो अध्यादेशलाई साझा बनाएर अगाडि बढ्न अनुरोध गर्न चाहन्छु।’
‘आज नेपाल सरकारले पाँचवटा अध्यादेश यहाँ निर्णयार्थ पेश गर्दैछ। जसमा नेपालको आर्थिक विकास र प्रगतिका विषयहरू, रोजगारीको सिर्जना, व्यवसायी वातावरणको निर्माण, सार्वजनिक सवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयसँग सम्बन्धित छन्। ’
75
Shares

प्रतिक्रिया