ad ad

कला


कोरोना संक्रमित गायिका कनिकाको तेस्रो रिपोर्ट पनि पोजेटिभ आयो

कोरोना संक्रमित गायिका कनिकाको तेस्रो रिपोर्ट पनि पोजेटिभ आयो

नेपालखबर
चैत १२, २०७६ बुधबार ९:८,

कोरोना संक्रमित बलिउडकी चर्चित गायिका कनिका कपुरको तेस्रो रिपोर्टपनि पोजेटिभ नै आएको छ।

यसअघि दुईपटक गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको थियो।

१५ मार्चमा लन्डनबाट लखनउ आएकी कनिका कोरोना भाइरसबाट प्रभावित भएको खबर पाए मानिसहरूमा हलचल मच्चिएका थियो।

उनी एयरपोर्टका कर्मचारीसँग मिलेर लुकेर वाथरुम हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनी ४ वटा कार्यक्रममा सहभागी समेत भएकी थिइन्।

शुक्रबार कनिकाको पहिलोपटक कोरोनाको जाँच गराइएको थियो। उनको रिपोर्ट पोजेटिभ आएपछि उनीसँगै कल्पना टावरमा रहने ३५ मध्ये ११ जनाको जाँच गराइएको थियो। उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .