कला


‘मायावी’ ले पायो युनिभर्सल सर्टिफिकेट, १२ सहरमा अटो प्रचार

‘मायावी’ ले पायो युनिभर्सल सर्टिफिकेट, १२ सहरमा अटो प्रचार

नेपालखबर
फागुन १२, २०८१ सोमबार १३:५६, काठमाडौँ

फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘मायावी’ ले प्रदर्शनको अनुमति पाएको छ। यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले यस फिल्मलाई ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ। यस फिल्मलाई हरेक वर्गका दर्शकले हेर्न पाउनेछन्।

देशका विभिन्न १२ शहरमा फिल्मको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए। उनका अनुसार, फिल्मको प्रचार पूर्वदेखि पश्चिमका मुख्य सहरहरूमा भइरहेको छ।

पूर्वका मुख्य सहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको हो। फिल्म क्षेत्रमा समेत डिजिटल प्रविधीले छोएपछि माइकिङ प्रचार हराउँदै गएको थियो। तर, दर्शकलाई फिल्मको बारेमा प्रत्यक्ष जानकारी दिनका लागि यस्तो प्रचार शैली प्रभावकारी मानिन्छ।

यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढीलगायतका सहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ।

बुधबार महाशिवरात्रीको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्ममा दिवाकर भट्टराइको लेखन तथा निर्देशन छ। फिल्मको ट्रेलरले दर्शकको मन जितिसकेको छ। लभ स्टोरी कथामा बनेको फिल्ममा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खान मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad