कमेडियन सजन श्रेष्ठले आफू र आफ्नो परिवारलाई सामाजिक सञ्जालबाट धम्की आएपछि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की समेत आएको उनले उजुरीमा उल्लेख गरेका छन्।
श्रेष्ठका अनुसार उनले यही फागुन ४ गते आफ्नो फेसबुकमा एउटा भिडिओ अपलोड गरेका थिए। त्यसको १ दिनपछि रिदय ताम्राकार (Ridaya Tamrakar) नामको फेसबुक प्रोफाइलले उनको परिवारको फोटो राखी उनको परिवारलाइ धम्की दिनुका साथै दिदीहरूलाई बलात्कार गर्ने धम्की दिएका हुन्।
उनले उजुरीमा लेखेका छन्, ‘म तथा मेरो परिवारलाई असुरक्षित महसुस गराएकोले सो कार्य नेपालको कानुनअन्तर्गत मुलुकी फौजदारी संहिता, विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत अपराध भएकाले सो आईडीको प्रयोगकर्ताको यकिन लगाई, उक्त मान्छेलाई कडाभन्दा कडा कारबाही गरी पाऊँ।...’
निवेदनका साथ श्रेष्ठले उक्त व्यक्तिले पोस्ट कमेन्ट गरेको स्क्रिनसट पनि ब्युरोमा बुझाएका छन्।

गत साता सजनसहित कमेडियनहरू उत्सव सापकोटा र सुजन जिम्बा र पडकास्ट चलाउने सुशान्त प्रधान लगायतले गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो।
यस विषयमा सजनले भिडिओ सन्देश जारी गरी माफी मागिसकेका छन्। तर पनि उनलाई धम्की आइरहेका छन्।
Shares

प्रतिक्रिया