राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको विषयलाई लिएर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले स्वास्थ्य बिमा बन्द हुन लागेको स्वास्थ्यमन्त्रीको अभिव्यक्तिले दुख लागेको भन्दै मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन्।
'स्वास्थ्य बिमाको सीमालाई पाँच लाखको पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब भुक्तानी पुगेन स्वास्थ्य बिमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ,' उनले भनिन्, 'यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिँदैन । यसमा अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला। हामी सुझाव दिन तयार छौँ।'
Shares

प्रतिक्रिया