काठमाडौं महानगरका मेयर बालेन साहले फिल्म ‘लाज शरणम्’को स्क्रिप्ट मनपरेपछि उक्त फिल्मको लागि ‘नेपाल हाँसेको’ गीत गाउन तयार भएको खुलेको छ ।
यो ‘सक्किगोनी’ टिमले बनाएको फिल्म हो । फिल्मका कलाकार सागर लम्साल ‘बले’ले नेपालखबरको सेलिब्रेटी सो ‘लेट्स टक’मा बालेन कसरी गीत गाउन तयार भए भन्ने प्रसंगबारे खुलाएका छन् ।
फागुन १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्मका लागि बालेनका लागि गीतको अफर गरेपछि सुरुमा उनले स्क्रिप्ट मागेका थिए । ‘हामीले उहाँलाई कथा सुनायौँ,’ लम्सालले लेट्स टकमा भनेका छन्, ‘स्क्रिप्ट सुनायौँ । उहाँलाई स्क्रिप्ट मनपर्याे । हामीले प्रस्ताव गर्दा उहाँले नाइ भन्नुभएन । सायद मनले छोएर नै नाइ भन्नुभएन ।’
बालेनलाई फिल्मको कथा 'लाइन बाइ लाइन' सुनाएको उनको भनाई छ । ‘‘हामीले 'लाइन बाइ लाइन' कथा सुनाएपछि उहाँले ‘ल यति भएपछि म गाउँछु । आइ एम ओके’ भनेर गीत गाउन तयार हुनुभयो,’ लम्सालले भने ।
गीत गाएबापत बालेनले पारिश्रमिक कति लिए त ? यो प्रश्नमा पनि लम्सालले जवाफ दिएका छन् ।
यसका लागि लेट्स टकको पूरा एपिसोड हेर्नुस् :

प्रतिक्रिया