कला


‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १७:५३, काठमाडौँ

फागुनको १४ गतेबाट प्रदर्शन फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक भएको छ। राम अविरल बिष्टको शब्द रहेको फिल्ममा एसडी योगीको स्वर र संगीत रहेको छ।  

गीतको भिडिओमा अभिनेता पल शाह, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ, सुशिल सिटौला लगायतको अभिनय छ। विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

यो फिल्म दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालसहित नव–नायक समीम खानको मुख्य भूमिका छ ।

फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ। राजु विक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।

फिल्ममा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन्। फिल्ममा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad