समाज


विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान

विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान

डेनमार्क। तस्बिर स्रोत : पिक्सल


नेपालखबर
माघ २९, २०८१ मंगलबार १२:३७, काठमाडौँ

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुकको सूचीको पहिलो नम्बरमा छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ अनुसार पछिल्लो सात वर्षदेखि डेनमार्क कम भ्रष्टाचार हुने मुलुकको पहिलो नम्बरमा रहेको उल्लेख छ।  

१८० देशको सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी एक नम्बरमा परेको हो। साउथ सुडान ८ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा अंकित भएको छ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ। विगत ५ वर्षमा ७ वटा मुलुकले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेको ट्रान्सपरेन्सीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ। कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू छन्। विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरूलेसमेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अंक प्राप्त गरेको देखिएको छ।

नेपालमा पनि भ्रष्टाचार हुने दर बढ्दै गएको अध्ययनले देखाएको छ। नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। नेपालले गत वर्ष ३५ अंक पाएको थियो। यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ।  

दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२, भारतले ३८, मालदिभ्सले ३८,श्रीलङ्काले ३२, पाकिस्तानले २७, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन्। छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad