ad ad

कला


कोरोना संक्रमित गायिका कनिकाले उपचारमा सहयोग नगरेपछि डाक्टर तनावमा

कोरोना संक्रमित गायिका कनिकाले उपचारमा सहयोग नगरेपछि डाक्टर तनावमा

नेपालखबर
चैत ९, २०७६ आइतबार १२:२५,

बलिउडकी चर्चित गायिका कनिका कपुरको गलत व्यवहारले उपचारमा संलग्न डाक्टर तनावमा परेका छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएपछि उनलाई लखनउको पीजीआइ अस्पतालमा आइसोलेसन वार्डमा राखिएको छ।

 अस्पतालका निर्देशक डा. आरके धिमानले कानिकाले उपचारमा सहयोग नगरेको आरोप लगाएका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै निर्देशक धिमानले कनिकाले बिरामीकोजस्तो नभइ स्टार कलाकारकोजस्तो व्यवहार गरेका कारण आफूहरु तनावमा परेको बताएका छन्। उनको व्यवहारका कारण अस्पतालका सबै कर्मचारीहरू चिन्तित बनेका छन्।

अस्पतालले कनिकालाई आवश्यक सबै सुविधा उपलब्ध गराए पनि उनको व्यवहार राम्रो नभएको बताएको छ।

कोरोना भाइरसको संक्रमणमा परेपछि पनि गायिका कनिका सार्वजकि कार्यक्रम, पार्टी र भेटघाटमा व्यस्त रहेकी थिइन्। लन्डनबाट १५ मार्चमा लखनउ आएकी उनी कोरोना संक्रमण भएको थाहा पाउँदापाउँदै पनि एयरपोर्टका कर्मचारीसँग मिलेर लुकेर बाहिरिएकी थिइन्।

यसपछि उनी तीन वटा पार्टीमा सामेल भएकी थिइन्। उनका पिताले उनी लन्ण्नबाट फर्कपछि ४ सय मानिसँग भेटघाट गरेको बताएका छन्।

कनिकाविरुद्ध विभिन्न चार प्रहरी चौकीमा चारवटा मुद्दा दर्ता भएको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .