कला


‘पारी त्यो डाँडामा’को नयाँ भर्सन सार्वजनिक

‘पारी त्यो डाँडामा’को नयाँ भर्सन सार्वजनिक

नेपालखबर
माघ १७, २०८१ बिहिबार १९:१६, काठमाडौँ

फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ। बिहीबार एक कार्यक्रम बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो।

करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको  ‘पारी त्यो डाँडामा’को नयाँ गीतले निकै चर्चा कमाएको थियो। यही गीतका कारण त्यो वेला ‘रेशम फिलिली’ सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गरेको थियो। तर,  प्रदर्शनको दोस्रो दिन नै भुइँचालो गएपछि सिनेमाको प्रदर्शन रोकिएको थियो। त्यसबेला प्राकृतीक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको सिनेमाको सिक्वेल निर्माण गरिहको छ ।

सिनेमाको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत जालमाको समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ। सोही गीत आज एक कार्यक्रमका बीच रिलिज गरिएको हो। कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन्। गायनमा काली र सोमिया बराईली रहेका छन्।

यो गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन्। ‘फेरि जालमा’ गीतको भिडिओमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन्।

यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन्। सिनेमाको कथा पनि उनले नै लेखेका हुन्। फिल्ममा  विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ। 

ल ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ। सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सहनिर्मातामा एनि थापा छन्। सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad