इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लाको जोडीलाई नै कोरोना भाइरस संक्रमण भएको छ।
२६ वर्षीय डिबाला आफैंले इन्सटाग्राममार्फत आफू र आफ्नी प्रेमिका ओरिआना साबाटीनीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
‘ओरिआना र म दुवैमा कोरोना पोजेटिभ भएको छाैँ,’ डिबालाले इन्सटाग्राममा लेखेका छन्, ‘भाग्यवश हामी दुवै ठीक अवस्थामा छौं।’
अहिले दुवैलाई सेल्फ आइसोलेसनमा बसेको युभेन्टस क्लबले जनाएको छ।
डिबालकी प्रेमकिा ओरियाना अर्जेन्टिनी गायिका, नायिका एवं मोडल हुन्।
प्रतिक्रिया