कला


चक्कु आक्रमणपछि त्रासमा सैफको परिवार, प्रहरीले दियो सुरक्षा

चक्कु आक्रमणपछि त्रासमा सैफको परिवार, प्रहरीले दियो सुरक्षा

चक्कु आक्रमणपछि पत्नी करिना कपुरका साथमा सैफ अली खान


नेपालखबर
माघ १०, २०८१ बिहिबार १४:२८, काठमाडौँ

घरमै पसेर एक व्यक्तिले चक्कुले आक्रमण गरेपछि बलिउड अभिनेता सैफ अली खान र उनको परिवारलाई प्रहरीले सुरक्षा दिइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता सैफलाई भएको घातक आक्रमणपछि उनको परिवार डराएको छ। 

यसैले घटनाको अनुसन्धान पूरा नहुँदासम्मका लागि मुम्बई प्रहरीले सैफको परिवारलाई सुरक्षा प्रदान गरिरहेको हो। 

सैफ अली खानलाई यही जनवरी १६ राति अबेर मुम्बईको बान्द्रास्थित उनकै घरमै एक व्यक्तिले चक्कुले हानेका थिए। छ ठाउँमा चक्कु प्रहारपछि गम्भीर घाइते भएको उनी ५ दिन अस्पताल भर्ना भई डिस्चार्ज भएका थिए।

आक्रमणमा संलग्न आरोपमा प्रहरीले बंगलादेशका बासिन्दा ३० वर्षीय मोहम्मद शरिफुल इस्लाम शहजादलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad