कला


चितवनमा गुञ्जिदै कुमा सागर एन्ड द ख्वप, झिल्के एन्ड द कम्पनी र जेम्सी

चितवनमा गुञ्जिदै कुमा सागर एन्ड द ख्वप, झिल्के एन्ड द कम्पनी र जेम्सी

नेपालखबर
माघ ८, २०८१ मंगलबार ८:४८, काठमाडौँ

कुमा सागर एन्ड द ख्वप, झिल्के एन्ड द कम्पनी र जेम्सी आगामी माघ १९ गते शनिबार चितवनमा गुञ्जिने भएका छन्। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)को प्रस्तुतीमा उनीहरु ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन’मा गुञ्जिन लागेका हुन्। 

पीभीई नेटवर्कसँग जेसीआई नारायणगढले सहकार्य गर्दै चितवनमा कार्यक्रम गर्न लागेको हो। जेसीआई नारायणगढका रविन्द्रकुमार श्रेष्ठका अनुसार संस्थाको स्वर्ण जयन्तीका अवसरमा यो कार्यक्रम गर्न लागिएको हो। 

कार्यक्रमबाट प्राप्त मुनाफालाई कुरिनटारमा रहेको जेसिज भिलेजको कल्याणकारी कोषमा जम्मा गरिने बताए।

पीभीई नेटवर्कको प्रस्तुतीमा पहिलो चरणमा झापाको बिर्तामोड, रुपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डको प्रस्तुती सफलतापूर्वक सम्पन्न भइसकेको छ। 

दोस्रो चरण अन्तर्गत चितवनको नारायणी किनारमा फेब्रुअरी १ मा हुने कार्यक्रममा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले दर्शकलाई गीत सुनाउनेछन्।

कार्यक्रममा झण्डै आठ हजार दर्शकको उपस्थिति हुने आयोजकले अपेक्षा गरेको छ। चितवनमा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले पहिलो पटक आफ्ना प्रस्तुति मार्फत गीत सुनाउन लागेका हुन्।

पीभीई नेटवर्कका अनुसार ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड नेपाल’ अन्तर्गत यसअघि पहिलो चरणमा झापाको बिर्तामोड, रुपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डले दर्शकलाई मनोरञ्जन दिइसकेका छन्। 

नेटवर्कले पहिलो चरणमा व्याण्डहरुले बिर्तामोडमा ६ हजार, तिलोत्तमामा ४ हजार र काठमाडौंमा ३ हजार बढी दर्शकमाझ आफ्ना गीत सुनाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad