कला


मिरुना र धिरजको मुख्य भूमिकामा फिल्म ‘कुस्ती’ बन्ने

मिरुना र धिरजको मुख्य भूमिकामा फिल्म ‘कुस्ती’ बन्ने

नेपालखबर
पुस १५, २०८१ सोमबार १७:५८, काठमाडौँ

अनिल योञ्जनको लेखन तथा निर्देशनमा फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ। तमु ल्होसारको अवसर पारेर पोस्टर सार्वजनिक गर्दैं फिल्म निर्माणको घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड छन्। पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन्। फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहनेछ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म कलाकार बुद्धी तामाङको निर्माण रहनेछ। कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए।

‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए।

उनले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ।’

काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad