राजनीति


विद्यार्थी संगठनले गरेको पुस्तान्तरणले ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ : शर्मा

विद्यार्थी संगठनले गरेको पुस्तान्तरणले ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ : शर्मा

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८१ सोमबार १७:५९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो पार्टी निकट विद्यार्थी संगठनले गरेको पुस्तान्तरणलाई ऐतिहासिक कदम भन्दै त्यसले ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्ने टिप्पणी गरेका छन्। 

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउनुपर्ने पक्षले चुनाव जितेपछि समाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झण्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ।’

माओवादीभित्र नेतृत्व हस्तान्तरणमा जोड दिइरहेका शर्माले एजेन्डा सहित पार्टी निर्माण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने आफ्नो एक मात्र उद्देश्य रहेको उल्लेख गरेका छन्।

‘पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर  इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टतासहित लागेमा यो संभव छ,’ उनले लेखेका छन्, ‘पार्टी  सुधारको लागि गरिने प्रयत्न न फुट- विभाजनको लागि हो, न त सत्ता प्राप्तिको लागि।’

शर्माले अघि लेखेका छन्, ‘बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad