कला


प्रियंका र सुलक्षण अभिनीत हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

प्रियंका र सुलक्षण अभिनीत हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

नेपालखबर
पुस १४, २०८१ आइतबार २१:१४, काठमाडौँ

प्रियंका कार्की र सुलक्षण भारती अभिनीत फिल्म ‘ममी’ को टिजर सार्वजनिक भएको छ।

आज सार्वजनिक गरिएको टिजरले दर्शकलाई अपेक्षा अनुसारको हरर अनुभव दिने देखाएको छ।

परिवारको प्रिय कुकुरको मृत्युपछि छोरीले घरमा कालो बिरालो ल्याएको र त्यसले आउने विपत्तिको श्रृंखला हुन थालेको कथा पेस गर्छ।

फिल्ममा प्रियंका र सुलक्षणसहित दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय छ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ। माघ २५ गते रिलिज हुने यो समीरको डेब्यू निर्देशकिय फिल्म हो।

सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्। ‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ।

यस फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad