कला


फिल्म ‘ऊनको स्वीटर’को ‘मखमली’ गीतमा विपिन र मिरुनाको अव्यक्त प्रेम (भिडिओ)

फिल्म ‘ऊनको स्वीटर’को ‘मखमली’ गीतमा विपिन र मिरुनाको अव्यक्त प्रेम (भिडिओ)

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १२:३९, काठमाडौँ

नेपाली चलचित्र ‘ऊनको स्वीटर’मा समावेश ‘मखमली’ गीत सार्वजनिक गरिएको छ।

गीत कौडारचुट्कामा आधारित छ, जुन लोक संगीतको एक विशेष र चर्चित विधा हो। यो भाकामा प्रेम, वियोग, हास्यव्यंग्य, व्यथा र सामाजिक परिवेशलाई सरल तरिकाले व्यक्त गरिन्छ।

हर्क साउदका शब्द रहेको गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर छ। गायक चापागाईँकै संगीत रहेको गीतको कोविद बज्र संगीत निर्माता हुन्।

सार्वजनिक गीतको भिडिओमा चलचित्रका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेम देखाइएको छ। 

गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका यो चलचित्रमा भने पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ। यस चलचित्रको छायांकन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको हो। 

दीप गुरुङले कोरियोग्राफी गरेको यस गीतको भिडिओमा अभिनेता विल्सनविक्रम राईलाई रोचक भूमिकामा राखिएको छ। २०८२ वैशाख २६ गते रिलिज हुने यस चलचित्रमा विपिन, मिरुनासहित सुनील पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, शारदादेवी सिलवाल, भावना खपांगी मगरलगायतको अभिनय छ।

नवीन चौहानको निर्देशन रहेको ‘ऊनको स्वीटर’ आर्टमान्डुले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्म बनाएर लोकप्रियता कमाएको थियो।

चलचित्रलाई चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल छन्। चलचित्रका संगीत निर्देशक सुजन चापागाईँ हुन्।

हेर्नुहोस् गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad