हुन्डाई मोटर कम्पनीको आयोनिक ५ ले चर्चित गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा पुग्ने विद्युतीय कारको कीर्तिमान प्रयासमा सहभागी भएको छ।
कम्पनीका अनुसार हुन्डाई मोटर इन्डिया लिमिटेडले ५ हजार ८०२ मिटरको उचाइमा आयोनिक ५ पुर्याएर यो कीर्तिमान कायम गरेको हो।
उक्त यात्रा भारतको लि लद्दाखस्थित उम्लिङको सवारी चलाउन सकिने उच्च विन्दुबाट सुरु भएको थियो ।
जुन समुद्री सतहदेखि ५ हजार ७९९ मिटर उचाइमा छ। त्यहाँबाट सुरु भई केरलाको कुत्तानादमा गएर सकिएको थियो। जुन समुद्री सतहदेखि ३ मिटरभन्दा कम छ।
१४ दिनमा यो यात्रा सम्पन्न भएको थियो भने यसले ४ हजार ९ सय किमिको दूरी समेटेको थियो। योसँगै हुन्डाई आयोनिक ५ ले इमोबिलिटीमा बेन्चमार्क कायम गरेको कम्पनीको दाबी छ।

प्रतिकूल वातावरणमा पनि अनवरत रुपमा चलेको, एकदमै चिसो तापक्रमदेखि पर्वतीय क्षेत्र र केरलामा समुद्री तटीय क्षेत्रमा आयोनिक ५ ले उत्कृष्ट प्रस्तुति दिएको कम्पनीको भनाइ छ। यसले गाडीको उन्नत प्रविधि र उत्कृष्ट प्रस्तुतिलाई देखाउने कम्पनीले जनाएको छ।
आयोनिक ५ स्टेट अफ द आर्ट इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा विकसित ईभी हो। यसमा उन्नत डिजाइन छ।

गाडीमा उच्च क्षमताका ७२.६ केडब्लुएच ब्याट्री छ भने यसको ड्राइभिङ रेन्ज, सुरक्षा फिचर र पछिल्ला स्मार्ट प्रविधिले ग्राहकलाई फरक ड्राइभिङ अनुभूति दिन्छ।
Shares

प्रतिक्रिया