सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को छायांकन सुरू भएको छ। शुक्रबारदेखि दाङको घोराहीबाट फिल्मको सुटिङ धमाधम चलिरहेको छ।
४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने फिल्मका निर्देशक सौरभ चौधरीले जानकारी दिए। कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहुर्तसँगै सुटिङ सुरु गरिएको हो।
यस फिल्ममा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन्। विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन्।
एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।
छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ।
यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए। ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो।
निर्देशक चौधरीलाई ‘अगस्त्यस् च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया