यतिबेला भारतीय अभिनेत्री रश्मिका मन्दना फिल्म ‘पुष्पा २’ को सफलताको स्वाद चाखिरहेकी छन्।
रश्मिका चाँडै सलमान खानको फिल्म ‘सिकन्दर’ मा देखिने छिन्। हालै रश्मिकाले फिल्मको छायांकनका क्रममा एउटा घटना सेयर गरेकी छन्।
सेटमा बिरामी पर्दा सलमानले आफ्नो निकै ख्याल राखेको बताइन्।
इन्डिया टुडेसँग कुरा गर्दै रश्मिका मन्डन्नाले भनिन्, ‘सलमानसँग काम गर्नु मेरो लागि सपना साकार भएको जस्तो हो। उहाँ एक साधारण र डाउन टु अर्थ व्यक्ति हुनुहुन्छ। जब हामी सुटिङ गरिरहेका थियौँ तब मलाई ठीक महसुस भइरहेको थिएन। सलमानलाई थाहा हुनेबित्तिकै उनले मेरो स्वास्थ्यबारे सोधे। चालक दललाई स्वस्थ खाना, तातो पानी र अन्य सबै कुरा दिन भने।’
रश्मिकाका अनुसार सलमान खान वास्तवमै धेरै हेरचाह गर्छन् र सबैलाई विशेष महसुस गराउँछन्। उनी देशका ठूला स्टारमध्येका एक हुन्। तर, पनि उनी निकै सरल छन्। रश्मिका मन्डन्ना र सलमान खानले हालै एउटा गीतको सुटिङ गरेका छन्। यस वर्षको अन्त्यसम्ममा युरोपमा थप दुई गीत छायांकन हुनेछ।
यसबाहेक, फिल्मको पहिलो पोस्टर सलमान खानको जन्मदिन अर्थात् २७ डिसेम्बरमा सार्वजनिक हुने खबर पनि छ। यो फिल्म अर्को वर्ष सन् २०२५ मा रिलिज हुनेछ। यस फिल्ममा सलमान खान र रश्मिका मन्दन मुख्य भूमिकामा देखिनेछन्।
Shares

प्रतिक्रिया