ad ad

कारोबार


म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेसियाली कम्पनीको लगानी

म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेसियाली कम्पनीको लगानी

नेपालखबर
चैत ४, २०७६ मंगलबार ६:३३,

म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेसियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ।

आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनियरिङ, निर्माण र उत्पादन (ईपीसीसी) मा सहभागी हुने सम्झौता भएको हो।

मलेसियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा. इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन्। सेर्वा दिनामिकअन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इञ्जिनियरिङ सेवादेखि सञ्चालन तथा मर्मत, खरिद, निर्माण र उत्पादन गर्दै आएको छ।

दश करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोलाको २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो। पाँच वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ।

आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपैयाँ ४० पैसा र वर्षात्मा चार रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ। म्याग्दी खोलामा नदी प्रवाही ९आरओआर० आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युत्गृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ।

बाँधसम्म पुग्न कल्लेनीदेखि २४ किलोमिटर पहुँचमार्ग खन्नुपर्छ। अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउराको भिरसम्म पहुँचमार्ग खन्न शुरु गरेको छ। आयोजनाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा निर्माण हुन लागेको सवस्टेशनबाट १३२ केभी प्रसारण लाइनमा जोडिने छ।

प्राधिकरणले डाँडाखेतमा सवस्टेशनसँगै त्यहाँदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटसम्म प्रसारण लाइन र राहुघाटमा अर्को सवस्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ। आयोजनाले पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिन्छ। आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .