अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले तहल्का मच्चाएका छन्।
पोखरेलले दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीन जना प्रभावित भएका हुन्।
स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ बोलको गीत दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डलका तीनै सदस्य उठेर ताली बजाएका हुन्।
उनको स्वरबाट अत्यन्तै प्रभावित भएर निर्णायक मण्डलका जज ल्युक ब्रायनले त दिवेशसँगै गाएका पनि थिए। दिवेशको गायनले रियालिटी सोका दर्शकसमेत अत्यन्त उत्साहित भएका थिए।
निर्णायक मण्डलका तीनै सदस्यले दिवेशलाई दोहोर्याउन गाउन लगाएका थिए।
प्रस्तुतिपछि दिवेशले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेको प्रतिक्रिया दिए।
उनले भने, ‘निर्णायकहरु उभिनुभएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो। यो निकै अद्भूत क्षण हो।’
दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्।

प्रतिक्रिया