समाज


कोरोना भाइरसका बिरामी राख्न चितवनका अस्पतालमा ७५ शय्या तयार

कोरोना भाइरसका बिरामी राख्न चितवनका अस्पतालमा ७५ शय्या तयार

नेपालखबर
चैत ४, २०७६ मंगलबार ४:२८,

चितवनमा कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ शय्याको छुट्टै आइसोलेसन वार्ड बनाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ७५ वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ शय्या थप गरी २० पु¥याइने, दुई मेडिकल कलेजमा २०/२० शय्या छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ शय्या व्यवस्थापन गरिने छ।

जिल्लामा आएका शङ्कास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ। ‘शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ। सम्भवतः छिट्टै टुङ्गिने छ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ। प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न सुरु गरेको छ।

विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हुँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको भट्टराईले बताए।

सङ्क्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी उनले दिए।

यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार प्रजिअ भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad