थापागाउँस्थित मण्डला थिएटरमा चलिरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन अवधी थपिएको छ।
दर्शकहरुको मागअनुसार नाटकको समय थप गरिएको निर्देशक केदार श्रेष्ठले जानकारी दिए। अब यो नाटक मंसिर २३ गतेसम्म मञ्चन हुनेछ।
‘तपाईंहरुको माया र सदभावपूर्ण आगमनको साथका कारण हामीले नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन मिति थपेका छौं। ७ वटा मञ्चन थप्दै अब मंसिर २३ गतेसम्म नाटकलाई महसुस गर्न आउन सक्नुहुनेछ,’उनले लेखेका छन्।
दयाहाङ राई निर्माता रहेको यस नाटकमा रंगकर्मी श्रेष्ठको निर्देशनसहित लेखन रहेको छ। यो नाटक मण्डला थिएटरले यसवर्ष घोषणा गरेका १४ मध्येको एक नाटक हो।
नाटकमा कलाकार कार्म र मेनुका प्रधानको अभिनय रहेको छ। नाटकमा कार्म र मेनुका दम्पतीको भूमिकामा देखिएका छन्। सन्तान सुखको आशमा बसेका दुबैले अचानक भोग्नुपरेको परिस्थिति र कठिनाइलाई नाटकमा प्रस्तुत गरिएको छ।
Shares

प्रतिक्रिया