कारोबार


१० अंकले घटेको बजारमा पौने ९ अर्बको सेयर कारोबार

१० अंकले घटेको बजारमा पौने ९ अर्बको सेयर कारोबार

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:१३, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से आज ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा रोकिएको छ। 

सोमबार ८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ करोड ६७ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको छ। यसमध्ये ६३ वटा सेयरको मूल्य बढ्दा १७८ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बढेका सेयरमध्ये विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ५४४.५०, १६६.५०, ९३.७०, १०२.६० र १०२ रुपैयाँ आम्दानी गरेका छन्। 

तर आज जानकी फाइनान्सका लगानीकर्ताले भने १०१.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो। यसबाहेक नेपाल फाइनान्स, उपकार लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसनलगायतको सेयर भने घटेको छ। 

सर्वाधिक कारोबारमा भने आज एक्सेल डेभलपमेन्ट बैंक छ। कम्पनीको ३४ करोडको
कारोबार भएको हो। यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, नेपाल फाइनान्सको २८ करोड, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड र ङादी ग्रुप पावरको २४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

आज विकास बैंक र व्यापारको सूचक क्रमशः ४.५२ र ९.०७ प्रतिशतले बढे पनि अन्य सूचकहरु राताम्य रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad